चैत १५ गते गणतन्त्र भर्सेस राजतन्त्र !

काठमाडौं । यही चैत १५ गते देशका गणतन्त्र भर्सेस राजतन्त्रको स्थिति देखा पर्ने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले पनि आन्दोलनको घोषणा गरेसँगै दुई पक्ष एकैदिन सङ्घर्षका लागि काठमाडौंको सडकमा उत्रँने निश्चित भएको हो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले १५ गतेको आन्दोलनका लागि तयार रहन आफ्ना […]

Mar 16, 2025 - 05:23
 0
चैत १५ गते गणतन्त्र भर्सेस राजतन्त्र !

काठमाडौं । यही चैत १५ गते देशका गणतन्त्र भर्सेस राजतन्त्रको स्थिति देखा पर्ने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले पनि आन्दोलनको घोषणा गरेसँगै दुई पक्ष एकैदिन सङ्घर्षका लागि काठमाडौंको सडकमा उत्रँने निश्चित भएको हो ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले १५ गतेको आन्दोलनका लागि तयार रहन आफ्ना समर्थकलाई सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रसाईंले राजसंस्था पुनर्वहालीसँगै विभिन्न जनजीविकाका सवाल उठाउँदे आन्दोलन गर्न लागिएको जनाएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रलगायत दल सम्मिलित समाजवादी मोर्चाले पनि १५ गतेका लागि सङ्घर्षको कार्यक्रम तय गरेको छ । मोर्चाले शनिबार पत्रकार सम्मेलन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको ठहर गर्दै सङ्घर्षमा उत्रँने जानकारी दिएको थियो ।
उसले प्रतिगामी र पुर्नउत्थानवादी षड्यन्त्रका विरुद्ध सभा गर्न लागिएको जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजसंस्था पक्षधर समूह गत फागुन २५ गतेदेखि आन्दोलनरत छ । उनीहरूले राजसंस्था पुनस्र्थापना गर्न निर्णायक आन्दोलन गरिरहेको दाबी गरिरहेका छन् । यस्तोमा गणतन्त्र पक्षधरहरू पनि सडकमा उत्रँन लागेका हुन् । यसले गर्दा १५ गते मुडभेडको स्थिति आउन सक्ने पनि आँकलन गरिएको ।

समाजवादी मोर्चाले भन्यो – राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी लागे

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register