कोशीको कसिलो बलिङसामु गण्डकी निरिह, विपिनले लिए ६ विकेट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेश कोशी प्रदेशको बलिङसामु निरिह बनेको छ । भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा गण्डकीले कोशीलाई ३१ रनको झिनो लक्ष्य दिएको हो । पहिले ब्याटिङ गरेको गण्डकी २०.४ ओभरमा ३१ रनमा अलआउट भएको हो । गण्डकीका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । गण्डकीका लागि अर्जुन ुकमालले सर्वाधिक ९ रन […]

Mar 16, 2025 - 05:23
 0
कोशीको कसिलो बलिङसामु गण्डकी निरिह, विपिनले लिए ६ विकेट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेश कोशी प्रदेशको बलिङसामु निरिह बनेको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा गण्डकीले कोशीलाई ३१ रनको झिनो लक्ष्य दिएको हो ।

पहिले ब्याटिङ गरेको गण्डकी २०.४ ओभरमा ३१ रनमा अलआउट भएको हो ।

गण्डकीका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । गण्डकीका लागि अर्जुन ुकमालले सर्वाधिक ९ रन बनाए । कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

कोशीका लागि विपिन महतोले ६ विकेट लिए । सो क्रममा उनले ८ ओभरमा १७ रन खर्चे । सो क्रममा उनले ३ मेडान ओभर पनि फाले ।

फिर्दोश अन्सारीले भने ३ विकेट लिए। उनले ८ ओभरमा १० रन खर्चे । साथै ५ मेडन ओभर फाले ।

दिपेश कंडेलले १ विकेट लिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register