२ जनासँग तलबको कुरा नमिलेपछि एनएमबि बैंकले इनहाउसबाटै सिइओ रोज्यो, गोबिन्द घिमिरे बने सिइओ 

काठमाडौँ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोबिन्द घिमिरे नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सिइओमा नियुक्त गरेको हो ।  एनएमबि बैंककै नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) रहेका घिमिरेलाई बैंकले आगामी वैशाख १० गतेदेखि लागू हुनेगरि सिइओ नियुक्त गरेको हो । बैंकका हालका सिइओ सुनिल केसीको कार्यकाल वैशाख ९ […]

Mar 9, 2025 - 06:45
 0
२ जनासँग तलबको कुरा नमिलेपछि एनएमबि बैंकले इनहाउसबाटै सिइओ रोज्यो, गोबिन्द घिमिरे बने सिइओ 

काठमाडौँ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोबिन्द घिमिरे नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सिइओमा नियुक्त गरेको हो । 

एनएमबि बैंककै नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) रहेका घिमिरेलाई बैंकले आगामी वैशाख १० गतेदेखि लागू हुनेगरि सिइओ नियुक्त गरेको हो ।

बैंकका हालका सिइओ सुनिल केसीको कार्यकाल वैशाख ९ गते सकिँदैछ । त्यसपश्चात् सिइओको जिम्मेवारी गोविन्द घिमिरेले सम्हाल्नेछन् । 

यसो त बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि अन्य दुई बैंकका डेपुटी सिइओसँग पनि कुरा अघि बढाएको थियो । तर, उनीहरुसँग तलबको विषयमा कुरा नमिलेपछि बैंकले इनहाउसबाटै सिइओ रोजेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register