कर्णालीले एपीएफलाई दियो १९० रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशले एपीएफ क्लबलाई १९० रनको लक्ष्य दिएको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली ४७ ओभरमा १८९ रनमा अलआउट भएको हो । कर्णालीका लागि सुनिल धमलाले ४७ रन बनाए । दीनेश अधिकारीले ३३ रन बनाउँदा दीपेन्द्र रावत भने ३० रनमा अविजित रहे । […]

Mar 16, 2025 - 07:05
 0
कर्णालीले एपीएफलाई दियो १९० रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशले एपीएफ क्लबलाई १९० रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली ४७ ओभरमा १८९ रनमा अलआउट भएको हो ।

कर्णालीका लागि सुनिल धमलाले ४७ रन बनाए । दीनेश अधिकारीले ३३ रन बनाउँदा दीपेन्द्र रावत भने ३० रनमा अविजित रहे ।

एपीएफका लागि अभिषेक गौतमले ४ विकेट लिए । कमल ऐरीले २ तथा किशोर महतो, रोहित पौडेल, भुवन कार्की र दीपक बोहराले १–१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register