आफ्नो फोटो जलाउनेलाई पक्राउप्रति प्रचण्डको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो फोटो जलाउने युवकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् । उनले फेसबुकमार्फत पक्राउलाई अनुचित भनेका हुन् । प्रचण्डको फेसबुक पेजमा लेखिएको छ,’लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’ शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा राप्रपाको भ्रातृसंगठन राष्ट्रिय युवा संगठनका निराजन बमलाई प्रहरीले आइतबार […]

Mar 16, 2025 - 11:47
 0
आफ्नो फोटो जलाउनेलाई पक्राउप्रति प्रचण्डको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो फोटो जलाउने युवकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् । उनले फेसबुकमार्फत पक्राउलाई अनुचित भनेका हुन् ।

प्रचण्डको फेसबुक पेजमा लेखिएको छ,’लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’

शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा राप्रपाको भ्रातृसंगठन राष्ट्रिय युवा संगठनका निराजन बमलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

सिन्धुपाल्चकोमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रचण्डले असभ्य आरोप लगाएको भन्दै उनले मकवानपुरमा राप्रापाले आयोजना गरेको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register