जहाँ परिवारका सदस्यको मृत्यु हुँदा महिलाका औँला काटिन्छ !

एजेन्सी । संसारका विभिन्न भागमा बस्ने मानिस आफ्ना मान्यता र परम्परालाई संरक्षण गर्छन् । यीमध्ये केही परम्परा सयौँ वर्षदेखि चलिआएका छन् । केही यस्ता पनि परम्परा पनि छन्, जुन सुन्दा नि अचम्म लाग्छ । इन्डोनेसियाको जयाविजया प्रान्तमा बस्ने डानी जनजातिको एक परम्परा पनि यिनैमध्येको एक हो । डानी जातिको पीडादायक रीति–रिवाज इन्डोनेसियाको डानी जनजातिमा एक […]

Dec 20, 2024 - 08:17
 0
जहाँ परिवारका सदस्यको मृत्यु हुँदा महिलाका औँला काटिन्छ !

एजेन्सी । संसारका विभिन्न भागमा बस्ने मानिस आफ्ना मान्यता र परम्परालाई संरक्षण गर्छन् । यीमध्ये केही परम्परा सयौँ वर्षदेखि चलिआएका छन् । केही यस्ता पनि परम्परा पनि छन्, जुन सुन्दा नि अचम्म लाग्छ । इन्डोनेसियाको जयाविजया प्रान्तमा बस्ने डानी जनजातिको एक परम्परा पनि यिनैमध्येको एक हो ।

डानी जातिको पीडादायक रीति–रिवाज

इन्डोनेसियाको डानी जनजातिमा एक अचम्मको परम्परा छ जसलाई इकिपालिन भनिन्छ । यस जातिका कोही सदस्यको मृत्यु हुँदा एक अचम्मको रीति–रिवाज अपनाइन्छ । जसमा मृतकको परिवारका महिलाहरूको हातका औँला काटिन्छन् । अर्थात् घरमा जति व्यक्तिको मृत्यु हुन्छ, महिलाहरूका हातका औँला पनि उति नै काटिन्छन् ।

यो प्रथा सयौँ वर्षदेखि चलिआएको थियो, तर अहिले इन्डोनेसिया सरकारले यसलाई गैरकानुनी घोषित गरेको छ ।

दुःखलाई बाँड्न भन्दै क्रुरता

यस प्रचलित कुरीतिअनुसार जब परिवारकी कुनै महिला सदस्यको मृत्यु हुन्छ, त्यस परिवारकी अर्की महिलाले यस दुःखमा सहभागी हुनुपर्छ । यस क्रूर रीति–रिवाजलाई पालना गर्न महिलाको औँलाको माथिल्लो भागलाई बन्चरोले काटिन्छ । यो क्रुर कार्य गर्नुअघि, औँलालाई डोरीले बाँधेर रगत बग्नबाट रोकिन्छ । यसरी मृतकको दुःखलाई कम गर्न सकिने यो ‘अमानवीय’ प्रथा मान्नेहरूमा विश्वास रहेको पाइन्छ ।

आत्माले शान्ति पाउने अन्धविश्वास

यो रीतिलाई मान्ने व्यक्तिहरूका अनुसार औँला काटेर उनीहरू मृत व्यक्तिलाई सम्झन्छन् र उनीहरूको आत्मालाई शान्ति दिन्छन् । यसो गर्दा मृत व्यक्तिको आत्मा नराम्रो दृष्टिबाट बच्न सक्ने उनीहरूको मान्यता छ । यसलाई मृत व्यक्तिप्रति आफ्नो प्रेम देखाउने एउटा तरिका पनि मानिन्छ । तर यी कुराहरूको कुनै वैज्ञानिक प्रमाण छैन, यसर्थ यी केवल पुरानो अन्धविश्वास मात्र हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register