विराट भेट्रान अन्तर्राष्ट्रिय गोल्डकप : सिक्किमलाई फराकिलो अन्तरले हराउँदै झापा सेमिफाइनलमा

सुन्दरहरैँचा । सुदरहरैँचामा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एनआरसी भेट्रान सिक्किम (भारत)लाई पराजित गर्दै दूधे भेट्रान झापा सेमिफाइनलमा प्रवेश गरेको छ । सुकुना खेलमैदानमा विराट भेट्रानद्वारा आयोजित प्रतियोगितामा सिक्किमलाई झापाले ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । झापाका लागि हर्क तामाङले एक्लैले चार गोल गरे । साथै, […]

Feb 2, 2025 - 01:06
 0
विराट भेट्रान अन्तर्राष्ट्रिय गोल्डकप : सिक्किमलाई फराकिलो अन्तरले हराउँदै झापा सेमिफाइनलमा

सुन्दरहरैँचा । सुदरहरैँचामा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एनआरसी भेट्रान सिक्किम (भारत)लाई पराजित गर्दै दूधे भेट्रान झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुकुना खेलमैदानमा विराट भेट्रानद्वारा आयोजित प्रतियोगितामा सिक्किमलाई झापाले ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । झापाका लागि हर्क तामाङले एक्लैले चार गोल गरे । साथै, सुवास लिम्बू र बलबहादुर लिम्बूले एक–एक गोल गरे । सिक्किमका लागि रमेश क्षेत्रीले एक गोल फर्काए । प्लेयर अफ द म्याच हर्क तामाङ भए ।

यही माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरी १० टोलीको सहभागिता छ । प्रतियोगितामा एनआरसी भेट्रान सिक्किम (भारत), दूधे भेट्रान झापा, मिल्स भेट्रान विराटनगर, हाम्रो धरान भेट्रान सुनसरी, विराट भेट्रान, उर्लाबारी भेट्रान, घुम दार्जिलिङ भारत, राजारानी भेट्रान धनकुटा र पूर्वेली भेट्रान बिर्तामोड झापाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टिमले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । आइतबारको खेल विराट भेट्रान र उर्लाबारी भेट्रानबीच हुनेछ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register