केन्द्रीय समिति बैठक आह्वान गर्ने रास्वपा सचिवालयको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको छ । आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए ।  बैठकको मिति र समय भने तय नभएको बताइएको छ । बैठकमा यसअघि भएका निर्णयहरूको बारेमा जानकारी लिने र दिने  गरिएको  बताइएको छ ।  बैठकले वर्तमान राष्ट्रिय […]

Mar 16, 2025 - 14:56
 0
केन्द्रीय समिति बैठक आह्वान गर्ने रास्वपा सचिवालयको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए ।  बैठकको मिति र समय भने तय नभएको बताइएको छ ।

बैठकमा यसअघि भएका निर्णयहरूको बारेमा जानकारी लिने र दिने  गरिएको  बताइएको छ ।  बैठकले वर्तमान राष्ट्रिय राजनीतिको बारेमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी गराएका थिए ।

यस्तै पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धित काम क्रियाकलापबारे जानकारी लिने र दिने काम पनि भएको रास्वपाले बताएको छ ।

बैठकमा दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले संसदीय गतिविधिबारे र अहिले भइराखेको अधिवेशनबारे  जानकारी गराएको रास्वपाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register