उदयपुरको घरेलु तथा साना उद्योगमा नयाँ नेतृत्व

उदयपुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर जिल्ला शाखामा ११ जिल्ला अधिवेसनले विना रार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । शुक्रबार भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखाको ११ औँ जिल्ला अधिवेशन र महिला उद्यमीहरुको ८ औ सम्मेलनले विन्दा राउतको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ […]

Apr 12, 2025 - 18:01
 0
उदयपुरको घरेलु तथा साना उद्योगमा नयाँ नेतृत्व

उदयपुर ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर जिल्ला शाखामा ११ जिल्ला अधिवेसनले विना रार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

शुक्रबार भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखाको ११ औँ जिल्ला अधिवेशन र महिला उद्यमीहरुको ८ औ सम्मेलनले विन्दा राउतको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।

कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अधिवेसनको उद्घाटन गर्दै प्रमुख अतिथि दनुवारले उद्योगी व्यवसायीहरुको समस्याका बारेमा सरकारले उचित निर्णय लिएर उद्योग व्यवसाय संचालनमा सहयोग गर्नुका साथै उद्यमीहरुले उत्पादन गरेको बस्तुको बजार व्यवस्थापन सरकारका तीनै तहबाट सहयोग गर्नु पर्ने बताउनु भयो ।

विशिष्ट अतिथि कोशी प्रदेशसभा सदस्य गीता रैग्मीले उद्योगी व्यवसायीहरु आर्थिक संकटमा परेका कारण उद्योग व्यवसाय फस्टाउन नसकेकोले समय समपेक्ष रुपमा कानुन परिमार्जन गरेर भए पनि सहयोग गर्नु पर्ने बताउनु भयो । विशिष्ट अतिथि तथा कोशी प्रदेशसभा सदस्य सम्झना तामाङले सरकारले उद्योगी व्यवसायीलाई सरकारले उद्योग व्यवसाय संचालनकालागि प्रोत्साहन दिनु पर्ने र करका विषयमा पनि विचार गर्न पर्ने बताउनु भयो ।

अधिवेसनमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले उद्योगी व्यवसायीहरुको समस्या विगतदेखि नै आफूले नजिकबाट नियालेको र समाधानकालागि सुझाव सल्लाह दिएको बताउनु भयो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय महासचिव डम्बर घिमिरे, केन्द्रीय सदस्य भरत थापा, वरिष्ठ पत्रकार कौशल चेम्जोङ, घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका कार्यालय प्रमुख अर्जुन घिमिरे , मुकेश उपाध्याय, प्रदीप गिरी लगायतका वक्ताहरुले बोलेका थिए ।


मधुकर थापाको अध्यक्षतामा भएको सो अधिवेसनले आगामी तीन वर्षकालागि नेपाल घरेलु तथा साना उद्योग महासंघ तर्फ विना राईको अध्यक्षतामा ज्ञानु प्रधान उपाध्यक्ष, नेत्र दियाली उपाध्यक्ष, भूपध्वज बस्नेत महासचिव,तारा नेपाली सहसचिव,प्रमिला परियार कोषाध्यक्ष सर्वसम्मत रुपले निर्वाचित भएका छन् ।यसैगरी सदस्यहरुमाधन बहादुर कटुवाल,गौरी नारायण चौधरी,चन्द्र बहादुर बिश्वकर्मा, सुरेन्द्र कुमार शर्मा र खड्ग बहादुर सिंह निर्वाचित भएका छन ।

यसैगरी जिल्ला महिला उद्यमी समुहको अध्यक्षमा विन्दा राउत, उपाध्यक्षमा फूल कुमारी आले, महासचिवमा सरिता गेलाल, कोषाध्यक्ष पदमा पछि निणंय गर्ने गरी खाली राखिएको छ । सदस्यहरुमा प्रमिला कार्कि,कमला राई र अनिषा थापा सर्वसम्मत रुपमा निर्वाचित भएको निवर्तमान अध्यक्ष मधुकर थापाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register