मलेसियामा हत्या भएको ११ महिनामा तिलमायाको शव घर आइपुग्यो

काठमाडाैं । बैदेशिक रोजगारीका क्रममा मलेसियामा हत्या गरिएकी तिलमाया सार्कीको शव घर आइपुगेको छ । अघिल्लो हप्ता आउने भनिएको सार्कीको शव सिधा उडानको जहाज तालिका नमिल्दा सोमबार फ्लाईट नम्बर एम एच १७० बाट अपरान्ह काठमाडौं उत्रिएको हो । मृतक तिलमायाको शव श्रद्धाञ्जली दिनका लागि घर ल्याइएको दिदी मिनमाया सार्कीले बताईन् । नवलपरासी पूर्वको कावासोती ४ […]

Mar 18, 2025 - 05:10
 0
मलेसियामा हत्या भएको ११ महिनामा तिलमायाको शव घर आइपुग्यो

काठमाडाैं ।

बैदेशिक रोजगारीका क्रममा मलेसियामा हत्या गरिएकी तिलमाया सार्कीको शव घर आइपुगेको छ । अघिल्लो हप्ता आउने भनिएको सार्कीको शव सिधा उडानको जहाज तालिका नमिल्दा सोमबार फ्लाईट नम्बर एम एच १७० बाट अपरान्ह काठमाडौं उत्रिएको हो ।

मृतक तिलमायाको शव श्रद्धाञ्जली दिनका लागि घर ल्याइएको दिदी मिनमाया सार्कीले बताईन् । नवलपरासी पूर्वको कावासोती ४ हसौराकी २६ वर्षीय तिलमाया करिव २ वर्ष अघि आफ्नी सानी छोरीलाई आमा र दिदीको जिम्मा लगाएर रोजगारिका लागि मलेसिया गएकी थिईन् ।

विदेशमा पाकिस्तानी नागरिकले आफ्नी छोरीको हत्या गरेको र शव मलेसियाकै एक अस्पतालमा रहेको खबर पाए देखि मृतक तिलमायाकी आमा धनमायाको अझ सम्म आँखा ओभानो छैन् । बहिनीको मलेसियामा हत्या भएको थाहा पाउने बित्तिकै आफू,बृद्धआमा धनमाया र नावालिक भतिजी अनितालाई लिएर तिलमायाको शव नेपाल झिकाउन झण्डै ११ महिना स्थानीय वडा देखि सर्वत्र धाउनु परेको दिदी मिनमायाले बताईन् ।

मलेसियाबाट बहिनीको हत्या भएको खबर आयो, गत बैशाख २६ गते सम्म फोनमा बोलचाल भएकी तिलमायाको हत्या खवरले सम्पूर्ण घरपरिवारमा एक्कासी बज्र परेझै भएको दिदी मिनमायाले सुनाईन् । उनले भनिन् जेनतेन सम्हालिदै बहिनीको शव झिकाउन जिल्ला सदरमुकाम स्थित सुरक्षित आप्रबासन कार्यक्रम (सामी) पुगेर घटनाबारे सबै जानकारी टिपायौं ।

स्थानीय नगरपालिका माताहतको सामी कार्यक्रम परामर्शदाता रन्जना लम्साल यतिका समय शव नआउदा पीडित पक्षले पाउने राहत तथा बिमा दाबीमा समस्या हुने कुराले निकै सताएको बताउँछिन् । अघिल्लो हप्तानै तिलमायाको शव नेपाल आउने पक्कापक्की भए पछि यस कार्यमा सहयोग गर्नुनुहुने सबैलाई धन्यवाद दिदै लम्सालले भनिन् अब पीडित परिवालाई मृतकको अन्तेष्ठी गर्न तथा राहत एवं क्षतिको निवेदन दिन सहज हुने छ ।

तिलमाया नेपाल स्थित मेनपावर कम्पनी राज ओभरसिज प्रालि मार्फत रोजगारदाता कम्पनी साईन इट्सु पोलिमर मलेसिया पुगेको र हत्या हुनु अघि त्यहीँ उत्पादन मजदुरका रूपमा कार्यरत रहेको सामिले प्राप्त गरेको विवरणमा उल्लेख छ ।
बताईए अनुसार तिलमायासंगै मलेसियामा अर्का एक नेपाली युवकको पनि हत्या भएको र हत्या अभियोगमा पक्राउ परेका पाकिस्तानी नागरिक माथि मुद्दा चलेकोले शव आउनमा ढिलाई भएको सूचना वैदेशिक रोजगार बोर्डले जानकारी दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register