सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि १ चैतमा सुन तोलाको १ लाख ७४ हजा ५ सय […]

Mar 18, 2025 - 05:17
 0
सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि १ चैतमा सुन तोलाको १ लाख ७४ हजा ५ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register