कोरोनापछि देशभर २ सय ३६ ह्याचरी उद्योग बन्द

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिड–१९ -(कोरोना) महामारीपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले [...] The post कोरोनापछि देशभर २ सय ३६ ह्याचरी उद्योग बन्द appeared first on Jhapa Online.

Mar 18, 2025 - 07:51
 0
कोरोनापछि देशभर २ सय ३६ ह्याचरी उद्योग बन्द

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिड–१९ -(कोरोना) महामारीपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले यो सङ्ख्या एक सय २० मा झरेको छ ।

यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर ६ वटामा झरेको छ । एक हप्तामा ब्रोइलर चल्ला ५५ लाख उत्पादन हुनेमा अहिले ३० लाख उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । लेयर्स चल्ला हप्तामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ ।

महासङ्घका उपाध्यक्ष पोखरेलका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ५५ देखि ६० रुपैयाँसम्म पर्न जान्छ । लेयर्सको मूल्य एक सय २० देखि एक सय २५ रुपैयाँ पर्छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार कोभिडपछि दुई वर्षसम्म चल्लाको लागत मूल्य नपाउँदा ती ह्याचरी बन्द भएका हुन् ।

चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैंकको ब्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनुलगायत कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित भएका हुन् ।

सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी उद्योग बन्द हुँदै गर्दा फार्मसमेत बन्द हुन्छन् । यसबाट एउटै ह्याचरीको करोडौं नोक्सान हुन्छ । एउटा ह्याचरी उद्योग सञ्चालन गर्न ४० करोड रुपैयाँभन्दा धेरै लगानी हुन्छ ।रासस

The post कोरोनापछि देशभर २ सय ३६ ह्याचरी उद्योग बन्द appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register