कनकाईमा आगलागी हुँदा डेढ लाखको क्षति

कनकाई, ५ चैत । झापा कनकाई नगरपालिकामा आज दिउँसो आगलागी हुँदा डेढ लाख रुपैयाँ बराबरको क्षति भएको छ। कनकाई-६ डम्बरबहादुर बास्तोलाको काठ, बास र टिनको छानो भएको गाई गोठमा गाईको खोले पकाउने क्रममा अचानक आगो सल्किएर आगलागी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागीबाट गाई गोठमा रहेको काठ, मकै, आलु, [...] The post कनकाईमा आगलागी हुँदा डेढ लाखको क्षति appeared first on Jhapa Online.

Mar 18, 2025 - 13:24
 0
कनकाईमा आगलागी हुँदा डेढ लाखको क्षति

कनकाई, ५ चैत । झापा कनकाई नगरपालिकामा आज दिउँसो आगलागी हुँदा डेढ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

कनकाई-६ डम्बरबहादुर बास्तोलाको काठ, बास र टिनको छानो भएको गाई गोठमा गाईको खोले पकाउने क्रममा अचानक आगो सल्किएर आगलागी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागीबाट गाई गोठमा रहेको काठ, मकै, आलु, १ वटा बाख्राको पाठा, पराल र गाई गोठ पुर्ण रुपमा जलि नष्ट भएको छ ।

आगलागी नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

The post कनकाईमा आगलागी हुँदा डेढ लाखको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register