निगरानीमा अमेरिकी भिसावाहक, जुनसुकै बेला हुनसक्छ देश निकाला

काठमाडौं । संयुक्त राज्य अमेरिकाले भिसावाहकलाई निगरानीमा राखिने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले भिसा प्राप्त गर्नेहरु निरन्तर निगरानीमा रहने जानकारी दिएको हो । भिसा प्राप्त गरेका सबैले अमेरिकी कानुन र आप्रवासनसम्बन्धी नियमको पालन गरेको/नगरेको भन्ने जाँच निरन्तर भइरहने दूतावासले जनाएको छ । “अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन । सबैले अमेरिकी […]

Mar 19, 2025 - 10:26
 0
निगरानीमा अमेरिकी भिसावाहक, जुनसुकै बेला हुनसक्छ देश निकाला

काठमाडौं । संयुक्त राज्य अमेरिकाले भिसावाहकलाई निगरानीमा राखिने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले भिसा प्राप्त गर्नेहरु निरन्तर निगरानीमा रहने जानकारी दिएको हो ।

भिसा प्राप्त गरेका सबैले अमेरिकी कानुन र आप्रवासनसम्बन्धी नियमको पालन गरेको/नगरेको भन्ने जाँच निरन्तर भइरहने दूतावासले जनाएको छ ।

“अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन । सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं – र यदि उनीहरूले नियम उल्लङ्घन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं ।” दूतावासले भनेको छ ।

डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि अवैध आप्रवासीमाथि कडाइ गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register