गायक खातीको गीत ‘मेटुँ भन्छु केरकार पारी’मा अन्जना बराइलीको अभिनय

काठमाडौं । गायक साइराज खातीले नयाँ गीत ‘मेटँ भन्छु केरकार पारी’ ल्याएका छन् । गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन् । आफ्नो गायकीबाट युवापुस्तामाझ लोकप्रियता कमाइरहेका गायक खाती ‘मेरो भ्वाइस युनिभर्स’का फोर्थ रनरअपसमेत हुन् । प्रसाद, पुजार सार्कीजस्ता चलचित्रमा सङ्गीत भरेका सुवास भुषालले यस गीतमा पनि सङ्गीत दिएका छन् । विश्व अधिकारीको एरेन्ज, […]

Jan 31, 2025 - 11:34
 0
गायक खातीको गीत ‘मेटुँ भन्छु केरकार पारी’मा अन्जना बराइलीको अभिनय

काठमाडौं । गायक साइराज खातीले नयाँ गीत ‘मेटँ भन्छु केरकार पारी’ ल्याएका छन् । गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन् ।

आफ्नो गायकीबाट युवापुस्तामाझ लोकप्रियता कमाइरहेका गायक खाती ‘मेरो भ्वाइस युनिभर्स’का फोर्थ रनरअपसमेत हुन् ।

प्रसाद, पुजार सार्कीजस्ता चलचित्रमा सङ्गीत भरेका सुवास भुषालले यस गीतमा पनि सङ्गीत दिएका छन् । विश्व अधिकारीको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ ।

देशमा बढ्दो रोजगारीको कारण प्रेम र सम्बन्धहरु क्रमश: चिसिँदै गएको यथार्थलाई दृष्य कथामार्फत भन्न खोजिएको छ, जसमा  नायिका अन्जना बराइलीको अभिनय रहेको छ । बराइलीलाई गीतकार तथा कलाकार सुरेन्द्र दियालीले साथ दिएका छन् ।

विशाल थापाको छायाङ्कन रहेको म्युजिक भिडिओलाई गणेश शाहीले निर्देशन गरेका हुन् । गीतलाई भाका इन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register