दोहोरो अङ्कले घट्यो सेयर बजार  

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १२ दशमलव ३८ अङ्कले घटेर २६६९ दशमलव ७६ को विन्दुमा पुगेको छ । बिहीबार ३१२ कम्पनीका ५५ हजार ४७६ पटकको कारोबारमा ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ […]

Mar 20, 2025 - 09:33
 0
दोहोरो अङ्कले घट्यो सेयर बजार  

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १२ दशमलव ३८ अङ्कले घटेर २६६९ दशमलव ७६ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१२ कम्पनीका ५५ हजार ४७६ पटकको कारोबारमा ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ रहेको छ ।

६२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनी घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये जीवन बीमा बढ्दा अन्य राताम्मे छन् । आज नेपाल रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register