ढलले दुर्गन्धित बनाएको काठमाडौँको धोबीखोला… (तस्विरहरु)

काठमाडौँ । पछिल्ला दिन देशकै संघीय राजधानी काठमाडौँमा खोलानाला जोगाउनु मुख्य चुनौति बनेको छ । काठमाडौँ महानगरपालिकाको नेतृत्व बालेन्द्र शाह (बालेन)ले गरेसँगै खोलानाला संरक्षणमा तदारुकता देखाइएको भए पनि सोचेजस्तो परिणाम भने अझै आउन सकेको छैन । महानगरले बेलाबेलामा काठमाडौँका नदीनाला सरसफाई तथा संरक्षण अभियान नै चलाउँदै आएको छ । तर, नदीमा मिसाइने ढल र त्यसले […]

Dec 26, 2024 - 06:50
 0
ढलले दुर्गन्धित बनाएको काठमाडौँको धोबीखोला… (तस्विरहरु)

काठमाडौँ । पछिल्ला दिन देशकै संघीय राजधानी काठमाडौँमा खोलानाला जोगाउनु मुख्य चुनौति बनेको छ ।

काठमाडौँ महानगरपालिकाको नेतृत्व बालेन्द्र शाह (बालेन)ले गरेसँगै खोलानाला संरक्षणमा तदारुकता देखाइएको भए पनि सोचेजस्तो परिणाम भने अझै आउन सकेको छैन ।

महानगरले बेलाबेलामा काठमाडौँका नदीनाला सरसफाई तथा संरक्षण अभियान नै चलाउँदै आएको छ । तर, नदीमा मिसाइने ढल र त्यसले फैलाएको दुर्गन्धले नदीनाला सफा हुन त टाढाको कुरा सफा हुन्छन् र ? भन्ने प्रश्नलाई पनि वर्षौं पछाडी धकेलिदिएको छ ।

काठमाडौँमा भएका १३ वटा प्रमुख नदी नालामध्ये धोबिखोला एक हो । तर, महानगरसँगै विभिन्न संघसंगठनले यसअघि पटकपटक धोबीखोला सरसफाइ अभियान चलाइसकेका छन् । तर, अव्यवस्थित रुपमा नदीमा मिसाइने ढलकै कारण नदीनाला दिनप्रतिदिन झन्झन् फोहोर र दुर्गन्धित हुँदै गएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register