कर्णालीले लुम्बिनीलाई हरायो
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले लुम्बिनीलाई ५ रनले पराजित गरेको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरमा २०० रन बनाएर अलआउट भएको हो । प्रज्वल थापाले अर्धशतकीय पारी खेले । प्रज्वलले १०७ बलमा ६ चौका प्रहार गर्दै ८४ रन बनाए । तैपनि जितका लागि पर्याप्त […]

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले लुम्बिनीलाई ५ रनले पराजित गरेको छ ।
सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरमा २०० रन बनाएर अलआउट भएको हो ।
प्रज्वल थापाले अर्धशतकीय पारी खेले । प्रज्वलले १०७ बलमा ६ चौका प्रहार गर्दै ८४ रन बनाए । तैपनि जितका लागि पर्याप्त हुन सकेन ।
कर्णालीका लागि दिनेश अधिकारी र दीपेन्द्र रावतले ३–३ विकेट लिए । प्रकाश जैसीले २ तथा दिवान पुन र सुनिल धमलाले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णाली ४८.५ ओभरमा २०५ रन बनाएर अलआउट भएको थियो ।
कर्णालीका लागि दीपेन्द्र रावत र अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । दीपेन्द्रले भने ८४ बलमा ९ चौका प्रहार गर्दै ६६ रन बनाए । अर्जुनले भने ८४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए ।
सुनील धमलाले १९, दिनेश अधिकारीले १६, निश्चल रावलले ११ र विपिन रावलले १० रन बनाए ।
लुम्बिनीका लागि रमेश कुर्मीले ३ विकेट लिए । विप्रसन केसी, निर्मल गुरुङ र अजय चौहानले २–२ तथा देव खनालले १ विकेट लिए ।
What's Your Reaction?






