पत्रकारको प्रवेश पास निलम्बनमा रास्वपाको विरोध, संसद् सचिवालयको आलोचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले संसद् सचिवालयद्वारा दुई पत्रकारको प्रवेश निलम्बन गरेको भन्दै संसद् सचिवालयको आलोचना गरेका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै खनालले यस घटनालाई लोकतन्त्र माथिको आक्रमण बताएका छन् । खनालले प्रश्न सोधेकै आधारमा दुई पत्रकारको संसद् प्रवेश निलम्बन गर्नु लोकतान्त्रिक चरित्र नभएको आरोप लगाए । “केही दिनअघि […]

Mar 5, 2025 - 08:38
 0
पत्रकारको प्रवेश पास निलम्बनमा रास्वपाको विरोध, संसद् सचिवालयको आलोचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले संसद् सचिवालयद्वारा दुई पत्रकारको प्रवेश निलम्बन गरेको भन्दै संसद् सचिवालयको आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै खनालले यस घटनालाई लोकतन्त्र माथिको आक्रमण बताएका छन् ।

खनालले प्रश्न सोधेकै आधारमा दुई पत्रकारको संसद् प्रवेश निलम्बन गर्नु लोकतान्त्रिक चरित्र नभएको आरोप लगाए । “केही दिनअघि सत्तापक्ष माननीयले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर बन्नसक्छ भनेर सोध्नुभएको थियो । संसद् सचिवालयलाई सचेत गराउनु भएको थियो,” खनालले भने, “आज निलम्बनको खबर आयो । संसद् निरन्तर सत्ताको छाया बन्दै गएको छ ।”

सङ्घीय संसद् सचिवालयले बुधबार दुई जना पत्रकारको प्रवेश पास एक महिनाको लागि निलम्बन गरेको छ । पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो ।

खनालले पत्रकारहरूको निलम्बन प्रसङ्गमा जर्मनीका नाजी नेता हिट्लरको उदाहरण दिँदै चेतावनी दिए । उनले भने, “१९३० को जर्मन इतिहास पढ्नुहोस्, हिटलर बन्दुकको नालबाट होइन, बरु चुनावकै माध्यमबाट सत्तामा आएका थिए र सत्तामा आएपछि क्रमशः लोकतान्त्रिक अधिकार कटौती गरे ।”

सांसद खनालले वर्तमान सरकारलाई हिटलरसँग तुलना गर्दै प्रधानमन्त्रीसँग सीधा प्रश्न गरेका छन् – “के तपाईं हिटलर बन्दै हुनुहुन्छ ?”

अर्का सांसद हरि ढकालले पनि पत्रकारहरूको निलम्बन तुरुन्त फुकुवा गर्न माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register