३० दिनभित्र दर्ता नगरे फेसबुक-इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा रोक लगाउने सरकारको चेतावनी
काठमाडौं । सरकारले अबको ३० दिनभित्र सूचीकरण नगराएमा फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालमाथि रोक लगाउने चेतावनी दिएको छ । बिहीबार 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा' एक सूचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो अल्टिमेटम दिएको हो । ‍ हालसम्म भाइबर, टिकटक र विटोक मात्रै मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेको उल्लेख छ । अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जाललाई अबको ३० दिनभित्र सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवास...

What's Your Reaction?






