संघलाई सुईंको नदिई मुख्यमन्त्री पुगे योगीलाई भेट्न
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह संघीय सरकारको जानकारीबिनै भारत पुगेका छन्। भारतमा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका छन्। उनको योगी आदित्यनाथसँग भेटघाट गरेको तस्वीर सार्वजनिक भएका छन् । संविधानअनुसार मुख्यमन्त्रीले विदेश भ्रमण गर्न संघीय सरकारको स्वीकृति लिनुपर्छ। तर, प्रधानमन्त्री केपी ओलीको सचिवालयका अनुसार मधेश प्रदेशका मुख्यमन्त्रीको भारत भ्रमणबारे संघीय […]

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह संघीय सरकारको जानकारीबिनै भारत पुगेका छन्। भारतमा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका छन्। उनको योगी आदित्यनाथसँग भेटघाट गरेको तस्वीर सार्वजनिक भएका छन् ।
संविधानअनुसार मुख्यमन्त्रीले विदेश भ्रमण गर्न संघीय सरकारको स्वीकृति लिनुपर्छ। तर, प्रधानमन्त्री केपी ओलीको सचिवालयका अनुसार मधेश प्रदेशका मुख्यमन्त्रीको भारत भ्रमणबारे संघीय सरकारलाई जानकारी नै छैन।
यसअघि काठमाडौंमा भएको राजावादी आन्दोलनमा योगीको तस्वीर प्रयोग भएको थियो। यस्तो अवस्थामा संघीय सरकारको जानकारीबिनै मुख्यमन्त्रीको भारत भ्रमण प्रश्नको घेरामा परेको छ।
What's Your Reaction?






