सिमेन्टको मूल्यवृद्धिप्रति सांसदहरू असन्तुष्ट, उठाए यस्ता प्रश्न

काठमाडौं। सिमेन्टको मूल्यवृद्धि भएपछि सांसद्हरूले सरकार र सिमेन्ट उद्योगीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद्हरूले किन मूल्य बढाएको भन्दै उद्योगी र सरकारप्रति असन्तुष्टि व्यक्त गरे। सिमेन्ट उद्योगी, निर्माण व्यवसायीलाई राखेर मूल्यवृद्धिमाथि गरिएको छलफलमा स्वतन्त्र सांसद् अमरेश कुमार सिंहले सरकारनै विचौलिया रहेको आरोप लगाए। ‘सरकार आफैं विचौलियको सरकार हो। २० प्रतिशत […]

Jan 22, 2025 - 09:52
 0
सिमेन्टको मूल्यवृद्धिप्रति सांसदहरू असन्तुष्ट, उठाए यस्ता प्रश्न

काठमाडौं। सिमेन्टको मूल्यवृद्धि भएपछि सांसद्हरूले सरकार र सिमेन्ट उद्योगीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद्हरूले किन मूल्य बढाएको भन्दै उद्योगी र सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

सिमेन्ट उद्योगी, निर्माण व्यवसायीलाई राखेर मूल्यवृद्धिमाथि गरिएको छलफलमा स्वतन्त्र सांसद् अमरेश कुमार सिंहले सरकारनै विचौलिया रहेको आरोप लगाए।

‘सरकार आफैं विचौलियको सरकार हो। २० प्रतिशत बढी मूनाफा लिन पाइने गरी अध्यायदेश ल्याएको छ। अनि मूल्य नबढेर के गर्छ’, उनले भने।

नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले ४०० पर्ने सिमेन्टलाई ८०० बनाउनुपर्ने के संकट आइलाग्यो भन्दै प्रश्न गरे। ‘अचानक के संकट आइलाग्यो ४०० पर्ने सिमेन्टलाई ८०० बढाउने?’ उनले प्रश्न गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् हरि ढकालले फरक विचार राख्दै सिमेन्टको मूल्य ८०० मात्र किन १२०० बनाएको भए पनि चल्दोरहेछ भन्ने सरकारप्रति व्यङ्ग्य गरे। उनले मूल्यवृद्धिको नियमन नहुनु सरकारको कमजोरी भएको बताए।

ढकालले सिमेन्ट उद्योगीलाई सार्वभौम संसद्लाई नढाट्न पनि चेतावनी दिए। यसअघि सिमेन्ट उद्योगका प्रतिनिधिले १२ घण्टा लोडसेडिङ हुँदा मूल्य बढ्नुपरेको बताएका थिए।

त्यसको खण्डन गर्दै सांसद् ढकालले १२ घण्टा लोडसेडिङ नभएको, मात्र दैनिक बेलुका ४ र बिहान २ घण्टा मात्र लोडसेडिङ रहेको जानकारी गराए।

‘१२ घण्टा लोडसेडिङ छैन। संसद्मा आएर झुट नबोल्नुस्। बेलुका ४ बिहान २ घण्टा मात्र छ’, उनले भने।

सरकारी स्वामित्वको हेटौडा र उदयपुर सिमेन्टको पनि किन मूल्यवृद्ध भएको भन्दै सरकारलाई उनले प्रश्न गरे। ‘हेटौडा र उदयपुर सिमेन्टके हो त? यो त सरकारी हो। सेटिङवाल फन्दामा यी दुई कम्पनी परेको हो कि?’, उनको प्रश्न थियो।

प्रतिपक्ष माओवादी, रास्वपामात्र होइन सत्तारुढ दलकै सांसदहरूले सिमेन्टको मूल्यवृद्धिप्रति प्रश्न उठाउँदै छिटो मूल्य घटाउनका लागि सरकारसँग माग गरे।

एमाले सांसद् ज्वालाकुमारी साहले अहिले मूल्यवृद्धि गरिनु उचित नभएको बताइन्। ‘३ महिना अघि जुन मूल्य थियो त्यहीं कामय हुनुपर्छ भन्ने हो। सामान्य जनताको नजरबाट हामीले सोच्नुपर्छ कि भन्ने मलाई लाग्छ’, उनले भनिन्।

एमालेका अर्का सांसद् तारा लामा तामाङले कसैलाई पनि मार नपर्ने गरी मूल्य निर्धारण हुनुपर्ने बताए। ‘पीपीसी ३६५ बाट ६७० भयो। ओपीसी ४६५ बाट ७५० भयो भन्छन्। डण्डी पनि बढेको छ। यसरी भएन’, उनले भने ‘उद्योगी, व्यवसायी र जनतालाई बचाउने गरी काम गरौँ।’

काङ्ग्रेसका सांसद् देवप्रसाद तिमलसेनाले मूल्यवृद्धिप्रति चर्को आलोचना गरे। उनले उद्योगी न निर्माण व्यवसायी कसैको कुरा नसुनेको तर जनताको कुरा सुनेर साँच्चिकै मूल्यवृद्धि भएको र त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गरे।

‘मैले कसैको कुरा सुनेको छैन। गाउँमा घर बनाउनेहरूले भनेको सुनेको हुँ। पहिले ४०० पर्ने सिमेन्ट ८०० पुग्यो रे’, उनले भने, ‘एउटा नागरिकले विदेशको ४५ डिग्रीमा काम गरेर यहाँ घर बनाउँदै छ। अनि ४०० पर्ने सिमेन्ट ८०० पुग्यो भने त्यसलाई कति मार परेको होला। यो छिटो विचार गर्नुपर्ने भयो।’

उनले जथाभावि मूल्य बढाउन नपाइँदैने पनि बताए।

यस्तै काङ्ग्रेसकै सांसद् दीपक गिरी, राजेन्द्रकुमार केसीलगायतले पनि मूल्यवृद्धिको विरोध गरे। उनीहरूले उद्योगी, निर्माण व्यवसायी, नागरिक कसैलाई पनि मार नपर्ने गरी मूल्य समायोजन गर्न आग्रह गरे।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register