गोरखामा करेन्ट लागेर एक युवाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । ‘करेन्ट लागेर गम्भीर घाइते हुनुभएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन्,’ […]

Mar 23, 2025 - 07:16
 0
गोरखामा करेन्ट लागेर एक युवाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ ।

आइतबार बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । ‘करेन्ट लागेर गम्भीर घाइते हुनुभएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन्,’ उनले भने ।

घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको उपरीक्षक सुवेदीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register