‘अनलाइनको चिठ्ठा ठगी गर्न बुनिएका जाल हुन्’- राष्ट्र बैंक 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन आग्रह गरेको छ ।  वित्तीय सचेतनाका लागि एक सूचना सार्वजनिक गर्दै राष्ट्र बैंकले इन्टरनेट वा सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन आग्रह गरेको हो ।  खासगरी इन्टरनेट वा सामाजिक सञ्जालमा ठूलो धनराशीको चिठ्ठा वा पुरस्कार परेको छ भन्दै हुने ठगीबाट सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको […]

Mar 23, 2025 - 08:01
 0
‘अनलाइनको चिठ्ठा ठगी गर्न बुनिएका जाल हुन्’- राष्ट्र बैंक 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन आग्रह गरेको छ । 

वित्तीय सचेतनाका लागि एक सूचना सार्वजनिक गर्दै राष्ट्र बैंकले इन्टरनेट वा सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन आग्रह गरेको हो । 

खासगरी इन्टरनेट वा सामाजिक सञ्जालमा ठूलो धनराशीको चिठ्ठा वा पुरस्कार परेको छ भन्दै हुने ठगीबाट सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले इन्टरनेट वा सामाजिक सञ्जालमामार्फत देखाइने यस्ता प्रलोभनलाई ठगी गर्न बुनिएका जाल भनेको छ । 

सामाजिक सञ्जाल वा इन्टरनेटमार्फत चिठ्ठा वा पुरस्कार परेको छ वा संयुक्त लगानीको प्रस्ताव गरिएको छ भने त्यस्ता कार्यबाट फाइदा हुने लोभमा नपर्न राष्ट्र बैंकले अपिल गरेको छ । ‘ती मेसेजहरु ठगी गर्न बुनिएका जाल हुन सक्छन् ।’, राष्ट्र बैंकले भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register