ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन् : देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका छन् । बरु उनले ज्ञानेन्द्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको सभापति बन्न सुझाव दिएका छन् । “ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे […]

Mar 23, 2025 - 08:04
 0
ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन् : देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका छन् ।

बरु उनले ज्ञानेन्द्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको सभापति बन्न सुझाव दिएका छन् ।

“ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि,” पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, “त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । राप्रपाले पनि दुख पाउँछन् ।”

उनले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबीसमेत गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register