एक हात माथि उफ्रेर प्रगति रिपोर्टको गफ दिन्छन् सिटिजन्सका सिइओ, तर तथ्यांक बोल्छ- ‘स्थिति बिजोग छ’

काठमाडौँ । ‘बैंक अफ दि एयर’को अवार्ड पाएपछि सबैतिर हाँसोको पात्र बनेको सिटिजन्स बैंकको नाफा २० प्रतिशत भन्दा बढीले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा २०.६० प्रतिशतले घटेको छ ।  बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्म कुल ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा […]

Apr 20, 2025 - 09:20
 0
एक हात माथि उफ्रेर प्रगति रिपोर्टको गफ दिन्छन् सिटिजन्सका सिइओ, तर तथ्यांक बोल्छ- ‘स्थिति बिजोग छ’

काठमाडौँ । ‘बैंक अफ दि एयर’को अवार्ड पाएपछि सबैतिर हाँसोको पात्र बनेको सिटिजन्स बैंकको नाफा २० प्रतिशत भन्दा बढीले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा २०.६० प्रतिशतले घटेको छ । 

बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्म कुल ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा बैंकको एनपिएल पनि बढेर ५.७१ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म बैंकको इम्पेयरमेन्ट चार्ज ९८ करोड ५७ लाखबाट बढेर २ अर्ब १६ करोड ४० लाख रुपैयाँ पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढेपछि नाफामा भारी गिरावट आएको हो । 

बैंकले सार्वजनिक गरेको विवरण अनुसार तेस्रो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी ८.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७५ पैसा छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण हेर्दा बैंकको वित्तीय अवस्था साह्रै झुर देखिन्छ । बैंकको खराब कर्जा पनि ह्वात्तै बढेको छ । अझ बैंकबाट प्रवाह भएका केही ठूला ऋण नउठ्ने पक्का देखिएको छ । 

बैंकको वित्तीय अवस्था झन्झन् बिग्रिँदै जाँदा पनि बैंकका सिइओ गणेशराज पोखरेलले भने सार्वजनिक कार्यक्रममै बैंकको अवस्था र रिपोर्टको प्रशंसा गरेका छन् । आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजना गरिएको १८औँ वार्षिकोत्सव कार्यक्रममा पनि सिइओ पोखरेलले बैंकको प्रगति रिपोर्टका विषयमा प्रशंसा गरेका छन् । तर, बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणले भने बैंक सहज अवस्थामा छैन भन्ने प्रष्ट देखाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register