प्रवासमा नेपाली मिडियाले अग्रणी भूमिका निभाएका छन् : राजदूत यादव 

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले विदेशमा समेत नेपाली मिडियाले अग्रणी भूमिका निभाएको बताउँदै यसले आफ्नो पेसाको मान र शान राख्नका लागि पनि निष्पक्ष भएर कलम चलाउनु जरुरी रहेको बताएकी छन् । अस्ट्रेलियाको सिड्नीमा रहेर सामुदायिक पत्रकारितामा अग्रणी भूमिका निर्वाह गरिरहेको वचन न्युजको वार्षिक उत्सव तथा कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत […]

Mar 24, 2025 - 07:01
 0
प्रवासमा नेपाली मिडियाले अग्रणी भूमिका निभाएका छन् : राजदूत यादव 

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले विदेशमा समेत नेपाली मिडियाले अग्रणी भूमिका निभाएको बताउँदै यसले आफ्नो पेसाको मान र शान राख्नका लागि पनि निष्पक्ष भएर कलम चलाउनु जरुरी रहेको बताएकी छन् ।

अस्ट्रेलियाको सिड्नीमा रहेर सामुदायिक पत्रकारितामा अग्रणी भूमिका निर्वाह गरिरहेको वचन न्युजको वार्षिक उत्सव तथा कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत यादवले वचन न्युजले समुदाय जोड्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

अस्ट्रेलियाको सिड्नीबाट श्रव्यदृश्य तथा अनलाइन समाचार प्रकाशन र प्रसारण गरिरहेको वचन न्युज समुदायमा केन्द्रित रहेको एक मात्र प्रवासी सञ्चारमाध्यम हो ।

कार्यक्रममा अस्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपालीका रूपमा चिनिएका नारायण प्रधान, नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक फोरमका पूर्व अध्यक्ष अजय सिवाकोटी, सुरक्षा थापा रायमाझी ,एन्टाका पूर्व अध्यक्ष सुवांश साह , बहुसांस्कृतीक समाज समन्वय अधिकृत मुन लुओ र नेपाली क्रिकेट प्रशिक्षक जगत टमाटालाई सम्मान गरिएको थियो । राजदूत चित्रलेखा यादवले सम्मानपत्र प्रदान गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले छोटो समयमा समाजमा लोकप्रिय बनेको वचन न्युजले यसरी नै सक्रियता कायम राख्ने विश्वास व्यक्त गरे । पोखरेलले पत्रकारिता समाजको महत्त्वपूर्ण अङ्ग भएकाले यसले सचेत गराउनुका साथै असल कार्यको प्रशंसा गर्न पनि कञ्जुस्याँइ गर्नु नहुने धारणा राखे ।

कार्यक्रममा नेपाल अस्ट्रेलिया पत्रकार सङ्घका अध्यक्ष कृष्ण तिवारीले अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै गर्दा सञ्चार माध्यमको महत्त्व पनि बढेको बताउँदै यसले दिने सन्देश सत्य तथ्यमा आधारित भएर निष्पक्ष हुनुपर्ने बताए ।

कार्यक्रमलाई सघाउने आरएफएम फेसीलिटी मेनेजमेन्टका रन्जित शाह र जेनिथ माइग्रेशनका तेज प्रजापतिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, सहसंयोजक अरुण ठाकुर, तमु समाजका अध्यक्ष हेउपती गुरुङ, नारी निकुञ्जकी संयोजक सङ्गीता चापागाईं नारी निकुञ्जकी पूर्व संयोजक सन्ध्या शाह, एन्जाका महासचिव गणेश भट्ट, सल्लाहकार डा. राजु मानन्धरलगायतले वचन न्युजको सफलताको शुभकामना प्रदान गरेका थिए ।

समुदायको ऐनाको रूपमा रहेको सञ्चारमाध्यम र समुदाय एक आपसमा जोडिएका कारण प्रवासमा रहेर पनि नेपाली समुदायको हितमा समर्पित व्यक्तित्वहरूको सम्मान गर्नु यसको प्रमुख उद्देश्य रहेको वचन न्युजका प्रधान सम्पादक जीवन रायमाझीले बताए ।

होसन्ना नेपाली चर्चका पास्टर अनिस रीमालको प्रार्थनाबाट प्रारम्भ गरिएको कार्यक्रममा गस्पेल चर्चका विद्यार्थीहरूले सन्देशमूलक गीत सुनाएका थिए । कार्यक्रम अनुपमा बास्तोलाले सञ्चालन गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register