कचनकवलमा दुईदिने वकालत योजना निर्माण कार्यशाला

कचनकवल, १६ फागुन । कचनकवल अपाङ्गता संस्थाको आयोजनामा दुई दिने वकालत योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । फाल्गुन १५ र १६ गते कचनकवल–६ स्थित लक्ष्मी क्याम्पसमा सम्पन्न कार्यशाला एसएनजेडीको आयोजना तथा लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो । कार्यशालामा कचनकवल गाउँपालिकाका विभिन्न वडाका २५ जना अपाङ्गता भएका व्यक्तिहरूका प्रतिनिधिहरूको सहभागिता रहेको [...] The post कचनकवलमा दुईदिने वकालत योजना निर्माण कार्यशाला appeared first on Jhapa Online.

Feb 28, 2025 - 10:29
 0
कचनकवलमा दुईदिने वकालत योजना निर्माण कार्यशाला

कचनकवल, १६ फागुन । कचनकवल अपाङ्गता संस्थाको आयोजनामा दुई दिने वकालत योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । फाल्गुन १५ र १६ गते कचनकवल–६ स्थित लक्ष्मी क्याम्पसमा सम्पन्न कार्यशाला एसएनजेडीको आयोजना तथा लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

कार्यशालामा कचनकवल गाउँपालिकाका विभिन्न वडाका २५ जना अपाङ्गता भएका व्यक्तिहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले संस्थागत क्षमता विश्लेषण, अपाङ्गता भएका व्यक्तिहरूको समस्या पहिचान, राष्ट्रिय स्तरका ऐन, कानुन तथा प्रावधान सम्बन्धी जानकारी प्राप्त गर्नुका साथै वकालत योजना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

कार्यशालामा एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडाल, कार्यक्रम अधिकृत सुरज दंगाल, र सामाजिक परिचालक हेम कुमार खड्काले प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षकहरूका अनुसार, उक्त कार्यशालाले अपाङ्गता भएका व्यक्तिहरूका हक, अधिकार र उनीहरूको संस्था सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

कार्यशालाका सहभागीहरूले वकालत योजनाका विभिन्न पक्षहरूमाथि छलफल गर्दै समुदायस्तरमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, समावेशिता र अधिकारका लागि रणनीति तयार गरेका छन्।

The post कचनकवलमा दुईदिने वकालत योजना निर्माण कार्यशाला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register