कुलमानलाई हटाइएकोमा कलाकारहरू आक्रोशित, कसले के भने ?

काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि नागरिकदेखि नेतासम्म चौतर्फी विरोध भइरहेको छ । मुलुकलाई लोडसेडिङमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेका कुलमानलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एकाएक हटाएपछि कलाकारहरू पनि आक्रोशित भएका छन् । कलाकार हरिवंश आचार्यले कुलमानको पक्षमा सामाजिक सञ्जालमा लेखेका छन्, “कुलमान नेपाली कुलकै उज्यालो हुन । […]

Mar 25, 2025 - 07:02
 0
कुलमानलाई हटाइएकोमा कलाकारहरू आक्रोशित, कसले के भने ?

काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि नागरिकदेखि नेतासम्म चौतर्फी विरोध भइरहेको छ ।

मुलुकलाई लोडसेडिङमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेका कुलमानलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एकाएक हटाएपछि कलाकारहरू पनि आक्रोशित भएका छन् ।

कलाकार हरिवंश आचार्यले कुलमानको पक्षमा सामाजिक सञ्जालमा लेखेका छन्, “कुलमान नेपाली कुलकै उज्यालो हुन । अन्धकार बनाउन हुदैन थियो ।”

यता, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले व्यङ्ग्य गर्दै लेखेका छन्, “कुलमानलाई भुलमान, सालोलाई पालो ।”

सरकारले कुलमानलाई हटाउनासाथ सोमबार नै हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिसकेको छ । शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको नातामा सालो पर्ने चर्चा छ ।

यस्तै, हास्यकलाकार मनोज गजुरेलले पनि कुलमान बर्खास्तको विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “प्राधिकरणमा रहनु/हट्नुको कारण/तर्क जसले जेसुकै देओस्, सर्वसाधारणका नजरमा, कुलमान लोकप्रिय थिए, भए र रहनेछन् ।”

अन्य कलाकारले पनि कुलमान हटाएकामा विरोध जनाइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register