बोराभित्र शव फेला

सिरहा । सिरहामा दुई सात देखि हराइरहेकी बालिकाको ‍शव बोरामा प्याक गरेको अवस्थामा फेला परेको छ। गोलवजार नगरपालिका- ९ गोविन्दपुरकी १३ वर्षिय गुलशना खातुनको लास बोराभित्र प्याक गरेको अवस्थामा घुर्मी खोलाको किनारमा झारिभित्र शव फेला परेको हो।  गुलशना खातुन गत फागुन २९ गतेदेखि हराइ रहेकी थिइन् । आज मंलवार फेला परेको शव उनकै रहेको स्थानीयहरुले आशंका […]

Mar 25, 2025 - 07:04
 0
बोराभित्र शव फेला

सिरहा ।

सिरहामा दुई सात देखि हराइरहेकी बालिकाको ‍शव बोरामा प्याक गरेको अवस्थामा फेला परेको छ।

गोलवजार नगरपालिका- ९ गोविन्दपुरकी १३ वर्षिय गुलशना खातुनको लास बोराभित्र प्याक गरेको अवस्थामा घुर्मी खोलाको किनारमा झारिभित्र शव फेला परेको हो। 

गुलशना खातुन गत फागुन २९ गतेदेखि हराइ रहेकी थिइन् । आज मंलवार फेला परेको शव उनकै रहेको स्थानीयहरुले आशंका गरेका छन ।

शव गुलशना कै हो भनेर अहिले एकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुले जनाएको छ।

उनले भने, ‘हामी घटना स्थलमा छौ। घुर्मी खोलाकिनारमा बोराभित्र कङ्काल फेला परेको छ। सो कङ्काल गुलशाना कै हो भनेर यकिन गर्न  पोस्टमार्टम गराउन पठाउने  तयारी गरिरहेको बताए।’

स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी कता र कहाँ गइन् केही पतो लागेको थिएन। 

छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर हुलिया निवेदन दिएको दिइन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register