माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका ५१ वर्षीय हरि बहादुर रूचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । हरि बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा […]

Mar 25, 2025 - 08:04
 0
माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका ५१ वर्षीय हरि बहादुर रूचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

हरि बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register