अपडेट : कनकाईमा हतियार प्रहार नभई झुण्डिएर महिलाको मृत्यु

झापा, १२ चैत । झापाको कनकाई नगरपालिका–५ स्थित नारायणदल चोकमा मृत अवस्थामा फेला परेकी महिलाको हतियार प्रहार नभई झुण्डिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घाँटीमा रेटी घटनास्थलमा नै मृत अवस्थामा रहेकोे भनिएकी कनकाई–५ की ४० वर्षीया मनिषा मंग्रान्तीको हतियार प्रहार नभई झुण्डिएर मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहंगी [...] The post अपडेट : कनकाईमा हतियार प्रहार नभई झुण्डिएर महिलाको मृत्यु appeared first on Jhapa Online.

Mar 25, 2025 - 08:42
 0
अपडेट : कनकाईमा हतियार प्रहार नभई झुण्डिएर महिलाको मृत्यु

झापा, १२ चैत । झापाको कनकाई नगरपालिका–५ स्थित नारायणदल चोकमा मृत अवस्थामा फेला परेकी महिलाको हतियार प्रहार नभई झुण्डिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँटीमा रेटी घटनास्थलमा नै मृत अवस्थामा रहेकोे भनिएकी कनकाई–५ की ४० वर्षीया मनिषा मंग्रान्तीको हतियार प्रहार नभई झुण्डिएर मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहंगी तामाङले जानकारी दिनुभयो ।

“मनिषा घर कोठाको काठको बलोमा नाइलनको सल झुण्डिएको अवस्थामा रहेको, घटनाको प्रकृति हेर्दा उनले सलको पासो लगाई झुण्डिएको र पछि पासो खोलेको जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “मृतकको घाँटीमा सलको पासोको डाम देखिएको छ, धारिलो हतियार प्रहार भएको नदेखिएको छैन ।”

कनकाई–५ स्थित नारायणदल चोकमा डेरा गरी बस्दै मनिषाका श्रीमान ३९ वर्षीय लालबहादुर सार्कीले अर्को कोठामा घाँटीमा धारिलो हतियार रेटी घाइते अवस्थामा फेला परेका छन् । उनको बिर्तामोडस्थित बीएण्सी हस्पिटलमा उपचार भइरहेको छ । ताप्लेजुङ सिलाम घर भएका उनीहरु हाल कनकाई–५ स्थित नारायणदल चोकमा डेरा गरी बस्दै आएका छन् ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोली आज बिहान ५ः५५ बजे घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थल सुरक्षित राखेर घाइते लालबहादुरलाई उपचारको लागि बीएण्डसी पठाएको छ । घाइतेको लालबहादुरको उपचारमा उनका दाजु सुरेन्द्र सार्की खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post अपडेट : कनकाईमा हतियार प्रहार नभई झुण्डिएर महिलाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register