एभरेष्ट बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एभरेष्ट बैंकले वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले नेपाल राष्ट बैंकको संयोजनमा विगत वर्षहरू जस्तै यस वर्ष पनी चैत्र ४ गतेदेखि सप्ताहव्यापी अभियान अन्तर्गतग्लोबल मनि विकको उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल र क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको […]

Mar 25, 2025 - 10:23
 0
एभरेष्ट बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एभरेष्ट बैंकले वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले नेपाल राष्ट बैंकको संयोजनमा विगत वर्षहरू जस्तै यस वर्ष पनी चैत्र ४ गतेदेखि सप्ताहव्यापी अभियान अन्तर्गतग्लोबल मनि विकको उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल र क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरूबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ । कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराईएको छ ।

बैंकले ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register