पुलिस प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले फाइनलमा स्थान पक्का गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा कर्णालीलाई ४४ रनले पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । लगातार आठौं खेलमा जित हासिल गर्दै पुलिसले १६ अङ्कसहित पुलिस फाइनलमा पुग्ने पहिलो टोलीसमेत बनेको छ । अब शनिबार हुने फाइनलअघि केवल […]

Mar 25, 2025 - 10:26
 0
पुलिस प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले फाइनलमा स्थान पक्का गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा कर्णालीलाई ४४ रनले पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो ।

लगातार आठौं खेलमा जित हासिल गर्दै पुलिसले १६ अङ्कसहित पुलिस फाइनलमा पुग्ने पहिलो टोलीसमेत बनेको छ ।

अब शनिबार हुने फाइनलअघि केवल ३ खेल बाँकी छन् । एपीएफले आफ्नो अन्तिम खेलमा कोशीसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार पुलिसले आफ्नो लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । बिहीबार नै बागमती र मधेसबीच पनि प्रतिस्पर्धा हुनेछ ।

आर्मी १४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । ८ खेलमा १२ अङ्क जोडेको एपीएफ भने तेस्रो स्थानमा छ । अङ्क तालिकाको शीर्ष २ स्थानमा रहने टोली फाइनलमा पुग्नेछ । आर्मी र एपीएफमध्ये एक टोली फाइनलमा पुग्ने देखिन्छ ।

तालिका –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register