तोलामै पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ हजार रुपैयाँले बढेर एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको […]

May 21, 2025 - 06:08
 0
तोलामै पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ हजार रुपैयाँले बढेर एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला १९९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६२ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७०६ रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register