युवाहरुलाई रोजगारीमा जोड्न इलेक्ट्रिकल र प्लम्बिङ तालिम 

लमजुङ।  लमजुङको राइनास नगरपालिकामा युवा रोजगारका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी तालिम संचालन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवाहरुको सिप विकासका लागि इलेक्ट्रिकल र प्लम्बिङ तालिम संचालन भएको हो ।  कार्यक्रममा बोल्दै राइनास नगरपालिका नगरप्रमुख खड्गवहादुर गुरुङल हातमा सिप भएमा सोही सिपको उपयोग गरेर रोजगार र […]

Mar 25, 2025 - 13:34
 0
युवाहरुलाई रोजगारीमा जोड्न इलेक्ट्रिकल र प्लम्बिङ तालिम 

लमजुङ। 

लमजुङको राइनास नगरपालिकामा युवा रोजगारका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी तालिम संचालन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवाहरुको सिप विकासका लागि इलेक्ट्रिकल र प्लम्बिङ तालिम संचालन भएको हो । 

कार्यक्रममा बोल्दै राइनास नगरपालिका नगरप्रमुख खड्गवहादुर गुरुङल हातमा सिप भएमा सोही सिपको उपयोग गरेर रोजगार र आयआर्जनमा जोडिन सकिने बताए । तालिमप्राप्त व्यक्तिले स्वदेश तथा विदेशमा सहज रुपमा रोजगार प्राप्त गर्नुका साथै स्वदशमै पनि व्यवसाय सञ्चालन गर्न सक्ने नगरप्रमुख गुरुङको भनाई थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले यस तालिमले सम्वीन्धत क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा लिइएको बताउँदै सहभागीहरूलाई व्यवसायिक रुपमा अघि बढ्ने सोचका साथ तालिम लिन आग्रह गरे । 

कार्यक्रममा रोजगार सेवा केन्द्र प्रमुख कुमार गुरुङले कार्यस्थलमा आधारित सीप विकास तालिमको सञ्चालन प्रक्रिया तथा उद्देश्यबारे जानकारी गराएका थिए।   राइनास ५ तिनपिप्पलेमा सञ्चालन भएको तालिममा वडा नं. १, २ र ३ का ३÷३ जना, वडा नं ५, ६ र ७ का पाँच÷पाँच जना, वडा नं. ४, ८, ९ र १० का चार-चार जना गरी ४० जनाको सहभागिता रहेको छ । 

पालिका स्थित रोजगार सेवा केन्द्रमा बेरोजगार सुचिमा सूचिकृत भएका युवाहरुलाई ५० दिनको कार्यस्थलमा आधारित जिवनोपयोगी तथा सिप विकास तालिम सञ्चालन गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यसअघि कम्तीमा पनि एकसय जना बेरोजारलाई सयदिन बराबरको रोजगार प्रदान गर्ने गरिएकोमा यसवर्ष ५० दिनको कार्यस्थलमा आधारित क्षमता तथा सिप विकास तालिम र ५० दिनको रोजगार प्रदान गर्न लागिएको रोजगार सेवा केन्द्रले जनाएको छ । 

तालिममा सहभागीहरुलाई तालिम प्रदायक संस्था कान्तिपुर पश्चिमाञ्चल टेक्निकल कलेज पोखराका मुख्य प्रशिक्षक इन्जिनियर विशाल जम्मरकट्टेल र शंकर बोहोराले प्रशिक्षण दिएका थिए । सय दिनको रोजगार भन्दा सिपमूलक तालिमले सिपमूलक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने र रोजगारको अवसर सृजना हुने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register