समाजवादी मोर्चाले भन्यो : कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैन

काठमाडौं । समाजवादी मोर्चाले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने  भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकको निर्णयबारे जानकारी दिँदै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले यस्तो बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित दलसम्मिलित बैठकमा घिसिङको मात्रै नभएर अध्यादेश […]

Mar 26, 2025 - 12:56
 0
समाजवादी मोर्चाले भन्यो : कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैन

काठमाडौं । समाजवादी मोर्चाले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने  भएको छ ।

बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकको निर्णयबारे जानकारी दिँदै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले यस्तो बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित दलसम्मिलित बैठकमा घिसिङको मात्रै नभएर अध्यादेश र सुशासनको विषयमा पनि सदनमा विरोध जनाएको उनले जानकारी दिए ।

बुधबार सदनमा विपक्षी दलहरूले घिसिङबारे प्रधानमन्त्रीको जवाफ मागेका थिए । तर प्रधानमन्त्री ओलीले भने एउटा कर्मचारी हटाइयो, अर्को नियुक्त गरियो, सकियो भन्ने जवाफ फर्काए ।

यसपछि सदन अवरुद्ध भएर बैठक स्थगित गरिएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register