नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज, अब लाइसेन्सको प्रक्रिया अघि बढ्ने !  

काठमाडौँ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर भएको रिट खारेज गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो ।  नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै अधिवक्ता कृष्णबहादुर थापा लगायतले […]

Mar 26, 2025 - 12:47
 0
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज, अब लाइसेन्सको प्रक्रिया अघि बढ्ने !  

काठमाडौँ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर भएको रिट खारेज गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो । 

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै अधिवक्ता कृष्णबहादुर थापा लगायतले माघ ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । 

रिटमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने प्रक्रियामा नीतिगत त्रुटि भएको उल्लेख गरिएको थियो । सोही कारण नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्ने मागसहित अदालतमा रिट दायर गरिएको थियो । तर, अदालतले भने उक्त रिट नै खारेज गरिदिएको छ । 

अदालतले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर भएको रिट खारेज गरेसँगै स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने बाटो खुला भएको छ । योसँगै अब नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register