खतेड गाउँपालिकाका वृद्धवृद्धाहरूले एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

मुगु।  मुगु जिल्लाको खतेड गाउँपालिकाका वृद्धवृद्धाहरूले एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन्। राष्ट्रिय परिचयपत्रको झन्झटका कारण भत्ता पाउन मुस्किल भएको उनीहरूको भनाइ छ। बैङ्कमा भत्ता लिन जाँदा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। तर, परिचयपत्र बनाउन २-३ दिन हिँडेर गमगढी पुग्नुपर्ने बाध्यताले धेरै वृद्धवृद्धा भत्ताबाट वञ्चित भएका छन्। ६९ वर्षीय खिम्ता घोडासैनी, ७० […]

Mar 26, 2025 - 17:25
 0
खतेड गाउँपालिकाका वृद्धवृद्धाहरूले एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

मुगु। 

मुगु जिल्लाको खतेड गाउँपालिकाका वृद्धवृद्धाहरूले एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन्। राष्ट्रिय परिचयपत्रको झन्झटका कारण भत्ता पाउन मुस्किल भएको उनीहरूको भनाइ छ। बैङ्कमा भत्ता लिन जाँदा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। तर, परिचयपत्र बनाउन २-३ दिन हिँडेर गमगढी पुग्नुपर्ने बाध्यताले धेरै वृद्धवृद्धा भत्ताबाट वञ्चित भएका छन्।

६९ वर्षीय खिम्ता घोडासैनी, ७० वर्षीया तुली सन्ज्याल, ७७ वर्षीय पूर्णचन्द्र उपाध्याय र ६४ वर्षीया सौरा देवी घोडासैनी लगायतका वृद्ध वृद्धाहरूले राज्यबाट प्राप्त हुने भत्ता आफ्नो दैनिक खर्च, औषधि उपचार र छोराछोरी तथा नातिनातिनाका लागि खर्च गर्दै आएका थिए। तर, आवश्यक कागजात नहुँदा उनीहरू बिना भत्ता बस्न बाध्य भएका छन्।

स्थानीय सरकारले यस विषयमा चासो नदिँदा वृद्धवृद्धाहरू थप समस्यामा परेका छन्। सम्बन्धित निकायले समस्या समाधानका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ।

खतेड गाउँपालिका वडा नं. ५ का अध्यक्ष चित्र बहादुर बुढाले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हुँदा समस्या देखिएको बताए। माछापुच्छ्रे बैंकले भत्ता दिनका लागि राष्ट्रिय परिचयपत्र माग्ने गरेकाले स्थानीय वृद्धवृद्धाहरू समस्या झेल्न बाध्य भएको उनको भनाइ छ। वडामा करिब १४५ जना वृद्धवृद्धा र एकल महिलाहरू सामाजिक सुरक्षा भत्ताका लागि दर्ता भएका छन्। तर, आवश्यक कागजात पूरा नहुँदा धेरै जनाले भत्ता पाउन सकेका छैनन्।

स्थानीयले वृद्धवृद्धाहरूलाई सहजीकरण गर्दै राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन खतेड गाउँपालिकाका गाउँ बस्तीमा जिल्ला प्रशासन कार्यालयले शिविर आयोजना गर्नुपर्ने माग गरेका छन्। मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले खतेड गाउँपालिकाको पायक पर्ने स्थानमा राष्ट्रिय परिचयपत्र वितरण शिविर राख्ने बताएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register