नेपालीमा लगानी गर्न भारतीय ऊर्जा उद्यमीलाई आग्रह

काठमाडौं । नेपालको जलविद्युत् तथा सौर्य ऊर्जाका क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान गरिएको छ । भारतस्थित नेपाली राजदूतावास र इन्डियन फेडरेशन अफ ग्रीन इनर्जीको आयोजना नयाँदिल्लीमा आयोजित नेपाल–भारत इनर्जी समिटका अवसरमा लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेको भन्दै ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरिएको हो । ‘जलविद्युत र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूको […]

Mar 27, 2025 - 05:27
 0
नेपालीमा लगानी गर्न भारतीय ऊर्जा उद्यमीलाई आग्रह

काठमाडौं ।

नेपालको जलविद्युत् तथा सौर्य ऊर्जाका क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान गरिएको छ । भारतस्थित नेपाली राजदूतावास र इन्डियन फेडरेशन अफ ग्रीन इनर्जीको आयोजना नयाँदिल्लीमा आयोजित नेपाल–भारत इनर्जी समिटका अवसरमा लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेको भन्दै ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरिएको हो ।

‘जलविद्युत र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूको खोजी’ शीर्षकमा आयोजित सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले सरकारको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन लक्ष्य प्राप्त गर्न मन्त्रालयले आवश्यक नीतिगत सहजीकरण गर्ने उल्लेख गर्दै भारतीय लगानीकर्ताहरूलाई निर्धक्क नेपालमा लगानी गर्न आग्रह गर्नुभयाे।
नेपाल र भारतबीच ४०० केभी क्षमताको एक प्रसारण लाइन सञ्चालन रहेका तथा थप दुई लाइन निर्माणाधीन रहेको उल्लेख गर्दै विद्युत उत्पादन र व्यापारका लागि आवश्यक पूर्वाधार तयार भइसकेको उहाँको भनाइ थियो । त्यस्तै नेपालको जलविद्युत नीति लगानीकर्ताहरूको सुरक्षाका लागि अनुकूल र उत्कृष्ट रहेको भन्दै उहाँले भारतीय लगानीकर्ताहरूलाई जलविद्युत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीको अवसर उपयोग गर्न आह्वान गर्नुभयो ।

त्यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्दै सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको महत्वाकांक्षी लक्ष्य लिएको र उक्त लक्ष्य हासिल गर्न ४६.५ अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्ने भएकाले नेपालमा लगानीको सुनौलो अवसर रहेको उहाँको भनाइ छ।
अहिले नेपालको कुल जडित क्षमतामध्ये ८० प्रतिशत उत्पादन निजी क्षेत्रबाट भइरहेको उल्लेख गर्दै नेपाल–भारत ऊर्जा सहकार्य नेपाल र भारतबीच हाल हजार मेगावाट विद्युत आदान–प्रदान भइरहेकाले आउँदो १० वर्षभित्र यसलाई १० हजार मेगावाट पु¥याउने विषयमा दीर्घकालीन सम्झौता भइसकेको कार्कीले बताउनुभयो ।

उहाँले नेपाल लगानी बोर्डद्वारा गरिएको प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य ऊर्जा उत्पादन क्षमता ४.३२ गिगावाटभन्दा बढी रहेको हुँदा, सौर्य ऊर्जामा पनि नेपाल भारतीय लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्य बन्न सक्ने भन्दै बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register