सिनामंगलबाट करिब सात किलो लागूऔषध पोलाइन्डसहित दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ। काठमाडौँको सिनामंगलबाट करिब सात किलो पोलाइन्ड नामक लागूऔषधसहित सशस्त्र प्रहरीले बिहिबार दिउँसो दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा खोटाङको लामिडाँडा–७ घर भई काठमाडौँ महानगरपालिका–३१ गौशाला बस्ने २१ वर्षिय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ खोलेसिमल घर भई काठमाडौँ महानगरपालिका–३१ सिनामंगल बस्ने ४५ वर्षिय लक्ष्मि परियार छन् । लागूऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र […]

Mar 27, 2025 - 09:16
 0
सिनामंगलबाट करिब सात किलो लागूऔषध पोलाइन्डसहित दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ।

काठमाडौँको सिनामंगलबाट करिब सात किलो पोलाइन्ड नामक लागूऔषधसहित सशस्त्र प्रहरीले बिहिबार दिउँसो दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा खोटाङको लामिडाँडा–७ घर भई काठमाडौँ महानगरपालिका–३१ गौशाला बस्ने २१ वर्षिय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ खोलेसिमल घर भई काठमाडौँ महानगरपालिका–३१ सिनामंगल बस्ने ४५ वर्षिय लक्ष्मि परियार छन् ।

लागूऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा उनीहरुलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीहरुले प्रयोग गरिरहेको दुई थान मोटरसाईकल, ६ थान मोवाईल र केही नगद समेत बरामद गरेको छ ।

नियन्त्रणमा लिईएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहिको  लागि सम्बन्धित निकायमा बुझाईएको छ । 

यसअघि सशस्त्र प्रहरीले गत फागुन १ गते काठमाडौको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौ महानगरपालिका–३२ कोटेश्वरबाट ५/५ किलोग्राम सोही लागूऔषधसहित तीन जना युवकलाई नियन्त्रणमा लिई सम्बन्धित नियकायमा बुझाएको थियो ।

सशस्त्र प्रहरीले बिहिबार दिउँसो काठमाडौ महानगरपालिका–९ सिनामंगलबाट करीव ७ किलोग्राम पोलाइन्ड नामक लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register