प्रतिनिधि सभा बैठक २ बजे बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्ने भएको छ । बिहान ११ बजे डाकिएको बैठक सुरु हुन नसकेपछि २ बजे बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ । विपक्षी दलले चार महिना मात्रै कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारको बैठक पनि अवरुद्ध गरेको […]

Mar 27, 2025 - 07:38
 0
प्रतिनिधि सभा बैठक २ बजे बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्ने भएको छ ।

बिहान ११ बजे डाकिएको बैठक सुरु हुन नसकेपछि २ बजे बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।

विपक्षी दलले चार महिना मात्रै कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारको बैठक पनि अवरुद्ध गरेको थियो ।

सोमबार सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । घिसिङले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटको पेसी भोलि शुक्रबारलाई तोकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register