गभर्नर बन्ने चर्चाबीच राष्ट्र बैङ्कका निर्देशक डा. भट्टको राजीनामा 

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने चर्चाबीच शुक्रबार बिहान उनले पदबाट राजीनामा दिएका हुन् । आजै गभर्नर सिफारिस समितिको बैठकसमेत बस्ने बुझिएको छ । समितिमा रहेका डा.विश्व पौडेल विदेशबाट फर्किएर लगत्तै बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिले […]

Apr 18, 2025 - 07:50
 0
गभर्नर बन्ने चर्चाबीच राष्ट्र बैङ्कका निर्देशक डा. भट्टको राजीनामा 

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने चर्चाबीच शुक्रबार बिहान उनले पदबाट राजीनामा दिएका हुन् ।

आजै गभर्नर सिफारिस समितिको बैठकसमेत बस्ने बुझिएको छ । समितिमा रहेका डा.विश्व पौडेल विदेशबाट फर्किएर लगत्तै बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषद्‌मा पठाउने छ ।

मन्त्रिपरिषद् बैठकले आगामी ५ वर्षका लागि गभर्नर नियुक्त गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register