राजतन्त्रले हित गर्दैन तेस्रो व्यवस्थामा मुलुकलाई लैजाऔँ : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रले कहिल्यै मुलुकको हित नगरेको भन्दै अहिले पनि नगर्ने प्रस्ट हुन आग्रह गरेका छन् । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई तेस्रो व्यवस्था अर्थात समाजवादतर्फ अघि बढाउनुपर्ने बताए ।’हामीले राजतन्त्र व्यहोर्‍यौँ । लोकतन्त्र व्यहोर्यौँ । अब तेस्रो व्यवस्था अर्थात समाजवादको बाटोमा मुलुकलाई लैजाऔँ,’ उनले भने । नेपाली […]

Mar 28, 2025 - 09:35
 0
राजतन्त्रले हित गर्दैन तेस्रो व्यवस्थामा मुलुकलाई लैजाऔँ : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रले कहिल्यै मुलुकको हित नगरेको भन्दै अहिले पनि नगर्ने प्रस्ट हुन आग्रह गरेका छन् । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई तेस्रो व्यवस्था अर्थात समाजवादतर्फ अघि बढाउनुपर्ने बताए ।’हामीले राजतन्त्र व्यहोर्‍यौँ । लोकतन्त्र व्यहोर्यौँ । अब तेस्रो व्यवस्था अर्थात समाजवादको बाटोमा मुलुकलाई लैजाऔँ,’ उनले भने ।

नेपाली विशेषताको समाजवाद लाग्नुपर्ने उनले बताए । ‘जनताको समस्याबाट हामी चिन्तित छौँ । अब समाजवादी व्यवस्थाबाट न्यायको समाज, समानताको समाज स्थापित गर्न चाहान्छौँ । त्यसका लागि हामीसँग समग्र खाका छ,’ उनले भने ।

नेता नेपालले सरकारकै कारणले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको आरोप लगाए । जनतालाई होसियार बनाउँदै जागरूप बनाउन आवश्यक रहेको उनले बताए । उनले इतिहासको रथ पछाडि नफर्किने बताए । ‘मुलुक पछाडी फर्किँदैन । जनतालाई फेरि चुस्ने षड्यन्त्र सफल हुन दिनेछैनौँ। हामी छौँ जनता आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने ।

सरकारले जनताको निरासा चिर्ने काम नगरेको भन्दै उनले सरकारले आफ्नो सत्ता ढल्न लागेको गीत गाइरहेको बताए । ‘सत्तामा बस्नेहरूले यथास्थितिमा रूमलिए । परिवर्तनको पक्षमा उभिएनन् । जनताको समस्यासँग कुनै मतलब छैन । म त ढलेँ ढलेँ  भनेर गीत गाइरहेको छ । मति सप्रियोस्। बुद्धि सच्चियोस,’ उनले भने ।

प्रतिगामी र पश्चगमकारी कदमलाई सफल हुन नदिने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register