प्रदर्शनकारीले खोसे अश्रुग्यास प्रहार गर्ने प्रहरीको बन्दुक

काठमाडौं । तीनकुनेमा राजावादीको प्रदर्शनले उग्र बनेको छ । प्रदर्शनकारीले प्रहरीले अश्रुग्यास प्रहार गर्ने बन्दुकसमेत खोसेका छन् । राजावादी समर्थकलाई प्रदर्शन गर्न प्रशासनले तीनकुने क्षेत्र तोकेको थियो । तर, प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर बानेश्वतर्फ अघि बढेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीले रोकेपछि प्रदर्शनकारीले उनीहरूमाथि नै ढुङ्गामुढा प्रहार गरेका थिए । प्रहरीमाथि आक्रमण हुन […]

Mar 28, 2025 - 09:35
 0
प्रदर्शनकारीले खोसे अश्रुग्यास प्रहार गर्ने प्रहरीको बन्दुक

काठमाडौं । तीनकुनेमा राजावादीको प्रदर्शनले उग्र बनेको छ । प्रदर्शनकारीले प्रहरीले अश्रुग्यास प्रहार गर्ने बन्दुकसमेत खोसेका छन् ।

राजावादी समर्थकलाई प्रदर्शन गर्न प्रशासनले तीनकुने क्षेत्र तोकेको थियो । तर, प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर बानेश्वतर्फ अघि बढेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

प्रहरीले रोकेपछि प्रदर्शनकारीले उनीहरूमाथि नै ढुङ्गामुढा प्रहार गरेका थिए ।

प्रहरीमाथि आक्रमण हुन थालेपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो । प्रदर्शनकारीले व्यक्तिको घरमा ढुंगामुढा गर्नुका साथै आगजनी पनि गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register