निलम्बित न्यायाधीश गिरीले पाए सफाइ
काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीले सफाइ पाएका छन् । उच्च अदालतका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबार गिरीलाई सफाइ दिएको हो । गएको जेठमा गिरीलाई वैवाहिक बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालतले गिरीलाई सात वर्ष कैद र तीन लाख […]

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीले सफाइ पाएका छन् । उच्च अदालतका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबार गिरीलाई सफाइ दिएको हो ।
गएको जेठमा गिरीलाई वैवाहिक बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालतले गिरीलाई सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए भने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पनि सजाय कम भएको भन्दै पुनरावेदन दायर गरेको थियो ।
What's Your Reaction?






