पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न लागिएको भन्दै राजावादी अभियानको विरोध

काठमाडौं । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्न खोजिएको आशंका गरेका छन् । सुवेदीले शनिबार विज्ञप्ति जारी गरी ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको र त्यस्तो कदम चाल्ने प्रयास भएमा देशभरबाट आम […]

Mar 29, 2025 - 04:09
 0
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न लागिएको भन्दै राजावादी अभियानको विरोध

काठमाडौं । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्न खोजिएको आशंका गरेका छन् ।

सुवेदीले शनिबार विज्ञप्ति जारी गरी ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको र त्यस्तो कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिक स्वतःस्फूर्त विरोधमा उत्रने चेतावनी दिएका छन् ।

उनले शुक्रबारको घटनामा घुसपैठ भएको दाबी गर्दै काठमाडौँको तीनकुनेमा गरिएको आन्दोलन घोषणा सभामा  संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट दमन गरिएको दाबी गरेका छन्। विज्ञप्तिमा अनपेक्षित प्रहरी दमनका कारण आफ्नो सभा बिथोलिएको तर्क उनले गरेका छन् ।

यस्तै दुर्गा प्रसाईँ लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, रवीन्द्र मिश्र, धवल शमशेर राणा र स्वागत नेपाललाई पक्राउ गर्ने र आफूलाई घरमै नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले आफूहरू सदैव शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको पनि दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register