ज्ञानेन्द्र शाहलाई बालेनले तोकेको जरिवाना कुन शीर्षकमा कति ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार राजावादी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रूपैयाँ जरिवाना तिर्न पत्र काटेको छ । शुक्रबार उनको समर्थनका नाममा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्रलाई जरिवाना तिर्न आठवटा पत्र काटेको हो । महानगरपालिकाले शनिबार बिहान शहरी योजना आयोग, शहरी व्यवस्थापन […]

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार राजावादी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रूपैयाँ जरिवाना तिर्न पत्र काटेको छ ।
शुक्रबार उनको समर्थनका नाममा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्रलाई जरिवाना तिर्न आठवटा पत्र काटेको हो । महानगरपालिकाले शनिबार बिहान शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर अध्ययन गरेको थियो ।
ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिर्न भनेको हो । ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा तोडफोड भएको थियो भने आइल्यान्ड र रेलिङहरूमा समेत तोडफोड र क्षति पुगेको थियो ।
मेयर बालेन शाहको सचिवालयले समग्र क्षतिको मूल्याकंन सरकारको छानबिन समितिले गर्ने भएपनि महानगरले आफ्नो क्षेत्राधिकारभत्रिको काम गरेको जनाएको छ ।
महानगरले कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको शीर्षकमा १ लाख, महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख, सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख जरिवाना तोकेको छ ।
यस्तै, दमकल तोडफोड गरेको १ लाख ३० हजार र तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोडमा ६३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
कुन शीर्षकमा कति जरिवाना ?
What's Your Reaction?






