नयाँ वर्षमा नयाँ सरकार बन्ने प्रचण्डको सङ्केत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ घटनाक्रम विकास भइरहेको भन्दै नयाँ वर्षमा नयाँ सरकार बन्ने बताएका छन् । आइतबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले नयाँ अनुभवका आधारमा  नयाँ सरकारको कुरा गरेको बताए ।  ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा […]

Apr 13, 2025 - 06:38
 0
नयाँ वर्षमा नयाँ सरकार बन्ने प्रचण्डको सङ्केत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ घटनाक्रम विकास भइरहेको भन्दै नयाँ वर्षमा नयाँ सरकार बन्ने बताएका छन् ।

आइतबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले नयाँ अनुभवका आधारमा  नयाँ सरकारको कुरा गरेको बताए ।  ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’

उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको उल्लेख गर्दै नयाँ वर्षले नयाँ निकास दिने बताए ।  ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

उनले काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुँदा उचित हुने बताए ।  आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै प्रचण्डले अब देश त्यतैतिर जाने अनुमान गरे ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register