आज पौषे औँसी, तीर्थस्थलमा ‘गया श्राद्ध’ गरिँदै (तस्वीरहरू)

काठमाडौं । चन्द्रमास पात्रो अनुसार पौषे औँसी तिथिमा गरिने तीर्थ (गया) श्राद्ध आज (सोमबार) विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । सूर्य दक्षिणायनको अन्तिम औँसीमा आज हिन्दू धर्मावलम्बीहरूले पितृलाई श्रद्धापूर्वक तर्पण, सिधादान र पिण्डदान गरी श्राद्ध गर्दैछन् । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको हो । सौरमास पात्रो […]

Dec 30, 2024 - 02:42
 0
आज पौषे औँसी, तीर्थस्थलमा ‘गया श्राद्ध’ गरिँदै (तस्वीरहरू)

काठमाडौं । चन्द्रमास पात्रो अनुसार पौषे औँसी तिथिमा गरिने तीर्थ (गया) श्राद्ध आज (सोमबार) विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ ।

सूर्य दक्षिणायनको अन्तिम औँसीमा आज हिन्दू धर्मावलम्बीहरूले पितृलाई श्रद्धापूर्वक तर्पण, सिधादान र पिण्डदान गरी श्राद्ध गर्दैछन् । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको हो ।

सौरमास पात्रो अनुसार माघे सङ्क्रान्तिदेखि र चान्द्रमास पात्रोअनुसार माघ कृष्ण प्रतिपदादेखि सूर्यको उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृको सम्झनामा उत्तरगयामा गएर श्राद्ध गर्ने परम्परा छ ।

वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गइ श्राद्ध गर्नुपर्ने नियम छ ।

आज काठमाडौंको गोकर्णेश्वर उत्तरगया, तनहुँको त्रिवेणीधाम देवघाट, गुल्मीको रिडी र नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती लगायतका तीर्थस्थलमा श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ ।

गया लगायतका तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध भनिएको हो । विशेषगरी आज नबोली नुहाएर श्राद्धका लागि तयार हुने परम्परा छ ।

आज बिहानैदेखि गोकर्णेश्वर उत्तरगयामा श्राद्व गर्ने श्रद्धालुहरूको घुइँचो छ ।

हेरौँ तस्वीरमा :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register